ताजा अपडेट »

नेपाली कांग्रेसका पूर्व गाविस सचिव सहित नेकपा प्रवेश

बुधबार, २३ माघ २०७५, १४ : ३४
4 Shares
माघ २३,

गुल्मी । नेपाल कम्यूूनिष्ट पार्टी (नेकपा) मा नेपाली कांग्रेसका एक जना प्रभावसाली नेता सहित अन्य कार्यकर्ता प्रबेश गरेका छन् । बुधबार जिल्लाको धुर्कोट गाउँपालिकाको बस्तुमा राखेको पार्टी स्वगत कार्यक्रममा नेपाली कांग्रेस धुर्कोट बस्तुका पूर्व गाविस सचिव केशवराज भण्डारी सहित प्रबेश गरेको नेकपा गुल्मीका सचिव बुद्धि जिसीले बताए ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीले जिल्ला भर पार्टी एकता,पार्टीमा स्वगत कार्यक्रम तथा संगठन सुदृढि करण अभियानलाई सञ्चालन गरेको छ । नव प्रबेशी भण्डारीलाई नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी, प्रदेश सदस्य बोम खड्का, जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतका नेताहरुले पार्टीमा टिका लगाई स्वगत गरेको सचिव जिसीले बताए ।


पार्टीमा स्वागत कार्यक्रममा नेकपा गुल्मीका अन्य जिल्ला,नगर, गाउँपालिका भित्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीमा भण्डारी सहित अन्य कार्यकर्ताहरु पनि प्रबेश गरेको नेकपा गुल्मीले जनाएको छ । भण्डारी त्यसक्षेत्रमा स्थानिय स्तरमा नेपाली कांग्रेसको राजनिति गर्ने प्रभावशाली नेता थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।