ताजा अपडेट »

भारतमा आन्दोलन चर्किएपछि जापानी प्रधानमन्त्रीको भ्रमण स्थगित

शनिबार, २८ मंसिर २०७६, ११ : ०२
14 Shares

मंसिर २८,

काठमाडौँ । भारत भ्रमणको तयारीमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबेले भारतको आसाममा भएको आन्दोलनका कारण भ्रमण रद्ध गरेका छन् । हिजो शुक्रबार आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको थियो ।

भारतको आसाममा भने नागरिकता विधेयकको विरोधमा व्यापक प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ । सरकारले भने कर्फ्यू लगाउँदै सेना परिचालन गरेको छ । भारतको नयाँ नागरिकता विधेयकले मुस्लिम बाहेक धार्मिक अल्पसंख्यक शरणार्थीलाई नागरिकता दिने उल्लेख गरेको छ । आसाममा प्रदर्शन चर्किएसँगै जापानी प्रधानमन्त्रीले भ्रमण रद्द गरेका हुन् ।

यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले जानकारी गराएका हुन् । रविसले यसबारे ट्वीट गर्दै उनको भ्रमण स्थगित भएको जनाएका हुन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।