ताजा अपडेट »

मुटुरोगका प्रमुख लक्षणहरु

शनिबार, २८ मंसिर २०७६, १० : ५४
14 Shares

खुट्टाको घुँडादेखि कुर्कच्चासम्म अगाडिपटिबाट रहेको लामो हड्डिमाथि औलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भनी बुझ्नुपर्छ । खुट्टाहरु सुन्निने लक्षण मुटुको रोग, मिर्गौलाको रोग, थाइरोइड ग्रन्थिको रोग तथा अन्य धेरै अवस्थाहरुमा देखिन सक्छ । मुटु कमजोर भएर राम्रोसंग पम्प गर्न सकेन भने खुट्टा सुन्निने लक्षण देखा पर्छ ।घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली पुलेको छ भने मुटुभित्रको चाप बढ्यो भनेर बुझ्नुपर्छ ।

मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसाहरु राम्रो संग फुलेका -सुन्निएका- देखिन्छन् । कुनै व्यक्तिमा घाँटिको दायाँ वा बायाँको नसा मुटुको धड्कनसंगै उफ्रिएको देखिन्छ । यो मुटुभित्रका ४ वटा भल्भमध्ये ठुलो धमनीमा रहेको भल्भ कमजोर भई पूरा बन्द नहुने भएको खण्डमा घाँटीको नसा उफ्रने लक्षण देखा पर्छ । स्वस्थ व्यक्तिको सम्पुर्ण शरीर रगतजस्तो रातो हुनुपर्छ । रगतलाई रातो बनाइराख्ने काम अक्सिजनले गर्छ । रगतमा अक्सिजन कम हुनेबित्तिकै त्यो नीलो हुन जान्छ । यदि औँलाका टुप्प, ओठ र जिब्रो नीलो देखियो भने रगतमा अक्सििजनको मात्रा कम भएछ भनि बुझ्नुपर्छ ।रक्तचाप बढ्यो वा घट्योभने टाउको दुख्ने, चक्कर लाग्ने हुन सक्छ । रक्तचाप बढ्दा धेरैजसो अवस्थामा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । मुटुको धड्कन धेरै ढिला भयो भने पनि चक्कर लाग्ने हुन्छ ।

१ मिनेटमा ६० देखी १०० पटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने चक्कर लाग्ने हुन्छ । कतिपय रोगिहरुको मुटुको धड्कन छिटोछिटो चलेको अनुभव गर्दछन् त कतिपयले चल्दा चल्दै ढ्याक्क केहिबेर रोकिएको अनुभव पनि गर्दछन् । यस्तो लक्षण देखा पर्यो भने मुटुकोरोगको शंका गरी तत्काल इसिजी परिक्षण गराउनुपर्छ ।-साझापोष्ट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।