ताजा अपडेट »

मोडल अफ तिलोत्तमामाको ताज आशिषलाई

शनिबार, २८ मंसिर २०७६, ०९ : ४७
12 Shares

मंसिर २८,
ग्लोबल आवाज

तिलोत्तमा । सौन्दर्य प्रतियोगिता शो, मोडल अफ तिलोत्तमाको फाइनल राउण्डबाट बुटवलका आशिष कुमार के.सी. विजयी भएका छन् । द डाइनामिक फेसन स्टाइलले आयोजना गरेको कार्यक्रमको फाइनलमा पुग्न सफल ६ जना मध्य के.सी.ले उत्कृष्ट हुँदै उपाधी हात पारेका छन् । एसियन पार्टी प्यालेस बुटवलमा सम्पन्न कार्यक्रममा उनलाई बिजयी घोषणा गरिएको हो ।

सो कार्यक्रममा पहिलो रनर अपमा कृतिका आचार्य र दोस्रो रनर अपमा मोनिका पंगेनी विजयी भएका छन् । यसैगरी प्रवेश क्षेत्रीले भ्युअर चोइस, खस्बु चौधरीले अर्गनाइजर चोइस र उषा न्यौपानले ब्युटी विथ प्रपोज र मष्ट ट्यालेन्टको उपाधी जित्न सफल भएका छन् । कार्यक्रम झण्डै एक महिना अघिदेखी सञ्चालनमा थियो । बुटवलका युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरि उनिहरु भित्र रहेको प्रतिभालाई उजागर गर्ने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका निर्देशक श्रेर्यन आचार्यले जानकारी दिए । उक्त कार्यक्रमको कोरियोग्राफर वास्तविकता श्रीवास्तवले गरेकी थिइन भने सह कोरियोग्राफर सुरज परियार र अनिता पंगेनीले गरेका थिए ।

कार्यक्रमको आयोजक संस्था द डाइनामिक फेशन स्टाइलले यो तेस्रो कार्यक्रम हो, यस भन्दा पहिले मास्टर एन्ड मिस लिटिल रुपन्देही र मोडल अफ लुम्बिनी को सफलता पुर्वक सम्पन्न गरेको सो संस्थाले यो कार्यक्रम पनी सौहार्दपुर्णरुपमा सम्पन्न भएको द डाइनामीक फेशन स्टाईलका अध्यक्ष सौरभ रेग्मीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।