ताजा अपडेट »

पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय

शुक्रबार, २१ असोज २०७९, २१ : ३६
19 Shares

परासी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम परासीमा रहेको कृषि ज्ञान केन्द्रको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर १ मा बर्दघाट नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दुवै कार्यालयको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले उद्घाटन गरेका छन् । उनले निर्वाचनमा आचारसंहितको पालना महत्वपुर्ण हुदै भन्दै राजनैतिक दलहरुलाई आचारसंहिताको अक्षरस पालना गर्न पनि आग्रह गरे । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै जिल्लामा चुनावी गतिविधि बढ्दै गएकाले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारीएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

जिल्लास्थित विभिन्न राजनैतिक दल, सरोकारवाला लगाएतको उपस्थितीमा कार्यालय स्थापना गरिएको हो । असोज २३ गते उम्मेद्धारी दर्ता लगाएत निर्वाचन कार्याक्रमको कार्यतालीमा पनि कार्यालय स्थापनासंगै सार्वजनिक गरिएको निर्वाचन कार्यालय परासीका सुचना अधिकारी निश्चल मोक्तानले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।