ताजा अपडेट »

प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता

शुक्रबार, २१ असोज २०७९, २० : २०
26 Shares

दाङ । प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिए ।

पहिरोमा बमबहादुरसहित उनकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताए । पहिरो गएको ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ ।

सडक बन्द भएका कारण पहिरो गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टोली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए । सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।