ताजा अपडेट »

महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित

शुक्रबार, २१ असोज २०७९, १८ : ३१
28 Shares


बंगलादेशको सिलेटमा जारी महिला एसिया कप क्रिकेटमा पाकिस्तान महिला क्रिकेट टोलीले भारतलाई १३ रनले पराजित गरेको छ । खेलको अन्त्यमा भारतीय टोलीलाई १८ रन आवश्यक थियो तर भारतको टोलीले त्यसो गर्न सकेन ।

आफ्नो राम्रो ब्याटिङ लाइनअपका लागि चिनिएको भारतीय टोली सुरुदेखि नै दबाबमा थियो र नियमित अन्तरालमा विकेट झर्दै गयो। भारतलाई जितका लागि १३८ रनको लक्ष्य थियो । तर टोली १२४ रन बनाएर आउट भयो । भारतका लागि ऋचा घोषले सर्वाधिक २६ रन बनाइन् ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । पाकिस्तानकी कप्तान बिस्माह मारुफले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।