१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

स्टकहोम । यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

Advertisement

पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

बेलारुसी मानव अधिकारकर्मी एलीयास बिलियाट्स्की, युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीज र रुसी मानव अधिकार संगठन मेमोरियललाई उक्त पुरस्कार दिइने भएको हो ।

शुक्रबार नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। आगामी १० डिसेम्बरमा एक कार्यक्रमबीच उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

बिलियाट्स्कीले बेलारुसमा प्रजातन्त्र र शान्तिपूर्ण विकासको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गरेका नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ।

त्यस्तै, अर्को पुरस्कृत संस्था सेन्टर फर सिभिल लिबर्टीज(सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संगठनमध्ये एक हो। यसको स्थपना सन् २००७ मा भएको हो । पुरस्कृत भएपछि आफूले गौरब महसुस गरेको सीजीएसले एक ट्वीटमा जनाएको छ ।

त्यस्तै, रुसकै सबैभन्दा पुरानो मानव अधिकार समूह मेमोरियलले पनि पुरस्कार पाउने भएको छ । मेमोरियलले करिब ३ दशकसम्म सोभियत कालमा मारिएका, कारागारमा राखिएका वा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याएको थियो । मेमोरियल यसै वर्षको सुरुमा बन्द भएको थियो। गत वर्ष अदालतको एक आदेशपछि मेोरियल बन्द भएको थियो ।- एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार