ताजा अपडेट »

फिफा वरीयतामा नेपालको सुधार

शुक्रबार, २१ असोज २०७९, १५ : २८
6 Shares

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७५औं वरीयतामा उक्लिएको हो ।

यसअघि नेपा एक सय ७६औं स्थानमा थियो । नेपालले हालै दशरथ रङ्गशालामा भएको बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलमा जित निकालेका कारण वरीयतामा सुधार गरेको हो ।

असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलले हराएको थियो । नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए।

दक्षिण एसियाली देशहरुमा नेपाल तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको भारत एक सय ६ स्थानमा छ । भारतपछि दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५४औं स्थानमा छ ।यसैगरी भुटान एक सय ८५औं, बङ्गलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९८औं र श्रीलङ्का दुई सय सातौं स्थानमा छ ।

फिफा वरीयताको समग्र शीर्षस्थानमा ब्राजिल, दोस्रो स्थानमा बेल्जियम, तेस्रो स्थानमा अर्जेन्टिना, चौथो स्थानमामा फ्रान्स र पाँचौं स्थानमा इङ्ल्यान्ड छ । यसैगरी इटाली, स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क समग्र छैटौंदेखि १०औं स्थानमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।