ताजा अपडेट »

नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु

शुक्रबार, २१ असोज २०७९, १२ : ५८
2 Shares

परासी । लगातारको वर्षाको कारण नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु भएको छ । नारायणी नदीको बाढी पश्चिम नवलपरासीको पारीको सुस्ता गाँउमा पस्दा सुस्तावासी जोखिममा परेको बताएका छन् ।

सुस्तामा बनाएको १ न. ठोकर नजिकको बांध टुटेको छ र सुस्तामा रहेको शशत्र क्याम समेत डुबानमा परेको हुनाले सुस्तामा थप जोखिम बढेको सुस्ताबाट रबिन्द्र जैसवालले जानकारी दिएका छन्। सुस्ताको थारु टोल हुदै वस्तीमा बाढी पसेको र पानीको सतह हिजो भन्दा आज बढी भएको हुनाले सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिएका छन् ।

पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकाले सुस्ता जोखिममा रहेको सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । प्रदेश सरकारले बनाएको जनता आवाससम्म पानी नपुगेपनि कच्चि घरमा पानी पसेको उनले जानकारी दिए । पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँधमा अहिले प्रतिसेकेन्ड ४ लाख ४० हजार क्युसेक पानीको बहाव रहेको गण्डक बाँधका नेपाली सम्पर्क अधिकारी अमित खड्काले जानकारी दिए ।

बाँधको संरचना पुरानो र कमजोर भएकाले तिन लाख ६७ हजार क्यूसेक पानी पुगेपछि खतराको तह मानिन्छ । पानीको वहाब बढ्न थालेपछि विहिबार हिजो बिहानै बाट गण्डक बाँधका सबै ३६ ओटा ढोका खोलिएका छन् । गण्डक बाँधका कारण पश्चिम नवलपरासीका दुई दर्जन बढि गाँउ डुबानको जोखिममा पर्दे आएका छन् ।

गण्डक बाँध क्षेत्रको स्थलगत निरिक्षण गरी जोखिम बढेकाले नदी तटिय क्षेत्रमा तिनै तहका सुरक्षा टोलीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।