ताजा अपडेट »

वर्षाले दाङमा घर भत्कियो

शुक्रबार, २१ असोज २०७९, १० : १४
29 Shares

दाङ । अविरल बर्षाका कारण दाङमा एउटा घर भत्किएको छ । वर्षाका कारण घोराही उपमहानगरपालिका – १४ झिगौराका प्यालो चौधरीको घर भत्किएको हो ।

घर भत्किँदा अन्य दुई घरमा क्षति पुगेको स्थानीय लालबहादुर चौधरीले जानकारी दिए ।

लगातारको झरीले गएराति १२ बजे घर भत्किए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिएका छन्। घर भत्किँदा विस्थापित भएकालाई गाउँमै राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।