१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बारा । वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ३३ जना घाइते छन ।

Advertisement

बिहिबार बिहान नारायणघाटबाट हिँडेको बसले हेटौडासम्म आउदा ३४ जना बोकेको थियो, हेटौडाबाट पुनः १५ जना यात्रु बसमा थपिए । दशैंको टिकाको दोस्रो दिन एकादशीका दिन आफु आफन्तका टिका लगाउन जाने र फकने यात्रुको निकै भिड रहेको बेलामा बसको क्षामता भन्दा धरै बोकेर हिँडेको बा.प्र ०६–००१ ख ०११० नम्बरको चुरे छोडेर तराई प्रबेश गर्ने अन्तिम घुम्तीमा सडक संगै मोडिनुपर्ने थियो तर त्यो घुम्तीमा बस नघुम्दा १६ जनाको जिबन गुमाए । 

बस अनियन्त्रित हुदाँ सडकबाट पुर्वउत्तर तर्फ करिब सय मिटर तल खोलाको बगरमा खस्यो । दुर्घटनामा १६ जनाले ज्यानले गुमाए । चुरेबाट तराई भर्ने ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको स्याङजा जिल्ला आदिखोला गाँउपालिका ६ बस्ने ४० वर्षीय चालक दिप्ती नारायण ढकालले बताए । 

चुरिया मन्दीरबाट तल गएपछि ब्रेक फेल भएको चालकले थाहा पाए  । ओरालो बाटो यात्रुले भरिएको बस रोक्ने प्रयास गर्दै हर्न बजाउँदै अगाडि लगिरहे तर बस घुम्तीमा अनियन्त्रित भएपछि चालक हाम्फले । बस सडकबाट ११० मिटर तल बगरमा खस्दा १० जनाको घटनास्थलमै, ४ जनाको अस्पताल लैजाने क्रममा र २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा बिरगंज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार रायको मृत्यु भएको हो भने बाकी २ जनाको पहिचान हाल सम्म पनि हुन सकेको छैन । 

घाइतेमध्ये १७ जनाको चितवनका विभिन्न अस्पतालमा, ७ जनाको हेटौडा स्थित चुरेहिल अस्पताल र एक जनाको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


दुर्घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यलय अमलेखगंज, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, सशस्त्र प्रहरी बल, नेपाली सेना र जिल्ला सदरमुकामबाट जिल्ला प्रहरी कार्यलय बाराको टोली पुगेको थियो ।

स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट घाइते र मृतकको शव निकालिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख तथा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए । 

यस्तै प्रहरीको प्रारम्भिक अनुमान बस ओभर स्पिट, डाईभर निदाउदा र ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी निरिक्षक शुशिल आचार्यले बताए ।

यात्रुहरूको सनाखत अझै पूरा भइसकेको छैन । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ ।-इन्दिप कोइराला/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो