ताजा अपडेट »

दशैंको टीका लगाउन माइत हिँडेकी गुल्मीकी लक्ष्मीलाई खोलाले बगायो

विहीबार, २० असोज २०७९, १५ : ५९
20 Shares

गुल्मी । दशैंको टीका लगाउन माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाएर मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका –५ की ४१ वर्षीया लक्ष्मी कुँवरलाई खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

बुधबार सोही गाउँपालिकाको पीपलधारास्थित आफ्नो माइत टीका लगाउन जाने क्रममा अदौरी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।