ताजा अपडेट »

पाल्पामा दशैंको रमाइलो हेर्न हिँडेका २ युवा मृत फेला, एक युवाको टाउको र खुट्टा गायव

विहीबार, २० असोज २०७९, १४ : १३
20 Shares

बुटवल । दशैको फुलपातीका दिन रमाईलो हेर्न हिँडेका पाल्पाका २ युवा ३ दिनपछि मृत अवस्थामा भेटिएका छन् । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुबासका २१ वर्षीय वीरेन सोमै र सोही ठाउँका २१ वर्षीय इन्द्रबहादुर खरु बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरूको छुट्टाछुट्टै ठाउँमा शव फेला परेको थियो । वीरेनको सोही गाउँपालिका–४ मित्याल र इन्द्रबहादुरको वडा– ५ गल्धामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना १७ गते सोमबार फुलपतिका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा सङ्गै मोटरसाइकलमा गएका थिए । मृतक इन्द्रबहादुरको टाउको तथा खुट्टा समेत नभएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरू चढेको मोटरसाइकल समेत फेला परेको छैन । शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा लगिएको छ । उनीहरुको हत्या गरी फालिएको आशंकमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ ।

घटनाको प्रकृति हेर्दा रहस्यमय छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।