ताजा अपडेट »

अष्टमीमा घरबाट निस्केका पाल्पाका २ युवाको दशैंमा शव फेला

विहीबार, २० असोज २०७९, १० : १६
60 Shares

पाल्पा । पाल्पामा २ युवा मृत फेला परेका छन् । अष्टमीमा घरबाट निस्केका उनीहरुको दशैंका दिन शव फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पाको निस्दी–३, झिरुवास भलुवाका भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका इन्द्रबहादुर खरुमगर अष्टमीको दिन घरबाट भलिबल खेल हेर्न हिँडेका थिए।

दुवै जनाको खोजी गर्दै जाँदा बुधवार बिहान निस्दी–४, मित्यालकै झर्ल्याङ्दी खोलामा सोमैको सब फेला परेको थियो । अर्का खरुमगरको भने बुधवार साँझ निस्दी–५, ढुङ्गानाबेँसीस्थित खोलामा सब फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।