ताजा अपडेट »

आज पनि टीका लगाइँदै

विहीबार, २० असोज २०७९, ०७ : ५८
14 Shares

काठमाडौं । दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ । हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । 

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो । टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । 

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।