ताजा अपडेट »

दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो

बुधबार, १९ असोज २०७९, २१ : ३१
5 Shares

बुटवल । दशैं मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर९७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले आज दिउँसो बगाएको र उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पौडेलका एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर ससुराली जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।