१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

सांकेतिक तस्वीर

नयाँदिल्ली । भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

“फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउले बनेको चिरूवाभित्र फसेका छन्,” राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भन्नुभयो । 

“हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौं । जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ । उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थिए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो