१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

सिरहा । सिराहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य  सहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएको  छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहले सोमबार  चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजिनामा दिएको हो ।

जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भैरहेकोले सामुहिक राजीनामा दिएको  जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले जनाए । उनले भने ‘जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिनेगरेकोले आफुहरु बाध्य भएर राजिनामा गर्नुपरेको बताए ।’
उनले थपे । विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा सुन्य रहेको उनले दुख व्यक्त गरे ।
मधेसवादीको स्थापना भएको बेला बिभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले  बताए। उनले भने,जसपा पार्टी तानासाही पार्टी रहेकोले हामि लगायत हजारौको संख्यामा जिल्ला भरिका १७ वटै स्थानिय तहका कार्यकर्ताहरुले पार्टी परित्याग गरेको बताए ।
जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बोनोद राई र वरिष्ठ राजनितीज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका हुन् ।
सामुहिक राजिनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न:-३`क´ बाट प्रदेश सभा सदस्य र ,दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखको प्रत्याशी रहेको थियो । सिंहलाई ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ `क´को लागि टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ । -मुकेश कुमार यादव /न्युज कारखाना

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो