ताजा अपडेट »

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

मंगलबार, १८ असोज २०७९, १९ : १४
26 Shares

दाङ । दाङमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ अर्नहवा निवासी १३ बर्षिय ललित परियार र १० बर्षिय अजित विक रहेको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालले जानकारी दिए ।

मँगलबार दिउँसो पाँच जना साथि मिलेर लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुनखोलमा पौडि खेल्न गएका मध्य दुई जनाको मृत्यु भएको हो । नुहाउने क्रममा बालक डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी नायव निरिक्षक ढकालको कमान्डमा उद्धारका लागि शसस्त्र प्रहरकिो टोली घटना स्थलमा पुगेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।