ताजा अपडेट »

पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर

मंगलबार, १८ असोज २०७९, १४ : ५७
6 Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ गोखुङ्गामा मँगलबार जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार मँगलबार विहिान करिब पौने १२ कजेको समयमा गोखुङ्गाको भित्री कच्चि सडकमा लु १ ज २५८३ नम्बरको जिप दुर्घटनामा परेको हो । भुवनपोखरी छचुवाबाट पञ्चबलीसहित रैनादेवी छहरा मन्दिरतर्फ गएको जिप दुर्घटनामा परेको हो ।

१६ जना सवार जिपमा ४ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना बारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोली घाइतेहरुलाई थप उपचारका लागि सदरमुका तानसेनतर्फ पठाएका छन् । दुर्घटनामा परी रैनादेवी छहरा–३ का १८ वर्षीय रितिक परियार र सोही ठाउँका १७ वर्षीय सुनिल परियार गम्भीर घाइते भएका छन् । यसैगरी सोही ठाउँका जिप चालक ४० वर्षीय खगेन्द्र बहादुर कुमाल र सोही वडाको छचुवा बस्ने २१ वर्षीया सरिता कुमाल घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गाउँको कच्चि सडकमा उकालो चढ्ने क्रममा जिप एक्कासी ब्याक हुनगई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।