१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

दोधारा चाँदनी । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ ।

Advertisement

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्र्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकको रुपमा पूजा गर्ने संस्कार रहेको छ ।

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पाँच वर्षदेखि छाडा पशुका उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रुर हुन थालेको बताए । “दूध दिने बेलासम्म गाई बाध्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ ।” उनले भने, “गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।” उहाँले आफू पाँच वर्षदेखि निरन्तररुपमा छाडा पशुको संरक्षण, घाइतेको उपचारमा खटिएको बताए ।

“पशुलाई धर्ममा पुजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन ।” उनले भने, “यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन् त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।” उनले पशु संरक्षणका लागि सबैले सचेत हुनुपर्ने बताए।

त्यसैगरी छाडा पशुको स्वाहारमा खटिएका यहाँमा स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानवीय व्यवहार नभएको बताए। “मानिस स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छोड्ने जुन प्रवृत्ति छ यसले ठूलो समस्या सिर्जना गरेको छ ।” उनले भने, “राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रतिसमेत मानवीय व्यवहार भएको छैन ।” उनले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताए ।

बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाडा पशु संरक्षणका लागि यहाँका दुई नगरपालिकाले संयुक्त प्रयास गरिरहेको जानकारी दिनुभयो । बेदकोट र भीमदत्त नगरपालिकाले संयुक्त कार्यदल बनाएर छाडा पशु संरक्षणका लागि काम गरिरहेको उनले बताए । “दुवै पालिकाको संयुक्त कार्यदल गठन गरेर काम भइरहेको छ ।” उनले भने, “बेदकोट–४ मा १२ विघा जमिन भाडामा लिएर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।”

सडकमा पशुलाई छाडा छोड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरुपसमेत हुने गरेको छ । जनावरको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने उनले बताए।–रासस

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो