ताजा अपडेट »

लुम्बिनीको राप्तीसहित दशैंमा देशका केहि नदीमा बाढीको जोखिम

मंगलबार, १८ असोज २०७९, ०९ : ५५
10 Shares

काठमाण्डौं । आगामी तीन दिन लुम्बिनी प्रदेशको राप्तीसहित देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ । पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन प्रदेश १,  बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा रहेका खहरे खोलामा पनि पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता हपनाउन महाशाखाले आग्रह गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।