१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए।

Advertisement


उनले भने “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भएको छ । यस हिसाबले हेर्ने हो भने करिब रु दुई करोडको लड्डु बिक्री भएको अनुमान छ ।”

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए ।

बजारमा आइतबार साँझदेखि नै मिठाई पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो । अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ? भारतको ज्यादतीप्रति सरकारको निरीहता, अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने बुटवलमा जग्गाको कित्ताकाट खुला, १४ वटा वडालाई गैर कृषि क्षेत्र घोषणा गर्न सिफारिस