ताजा अपडेट »

दाङमा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

आइतबार, १६ असोज २०७९, २० : ०७
15 Shares

दाङ । ग्वारखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निबासी १४ बर्षका अविसेक भुसाल रहेको तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष दुजमान भण्डारी बर्षातले जानकारी दिए ।

दिउँसो साढे तीन बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अविसेक डुबेको अध्यक्ष भण्डारीले बताए ।

डुबेको जानकारी पाए लगत्तै गएको जनप्रतिनिधि, प्रहरी र स्थानीयको टोलिले ३ घण्टापछि हिलोमा गाडिएको अवस्थामा भुसालाई मृत फेला पारेका थिए ।

उद्धारका लागि तीनवटा जेसिवी र तालिम प्राप्त प्रहरीको टोली परिचालन गरिएको थियो । पौडी खेल्न तीनजना गएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।