२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

फाइल तस्वीर

सिन्धुपाल्चोक । “यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो । अब त मेलम्चीवासीलाई  हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो । ”, मेलम्ची ९ का राजु पुरीले भने । 

Advertisement

बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो,  गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची बजारसम्म ल्याउने गर्दै उनले बताए । अस्थायी पुल बनेपछि मेलम्ची पारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ ।  गाडी प्रयोग गर्दा बाहुनेपाटी घुमेर आउनुपर्दा समय पनि बढी लाग्ने पुरीले बताए । 

जम्माजम्मी नौ महिनामात्र यातायात आवतजावतमा सहज हुने  अस्थायी पुल (ह्युम पाइप) बनाउँदा नागरिकमा राहतको महसुस भएको छ । दैनिकजसो बजार आउजाउ गर्नुपर्नेका लागि सहज भएको छ । मेलम्ची नगरपालिका–९ र १० मा उत्पादन भएको तरकारी, फलफूल, दूध र मासुका लागि पशुपन्छी बजारसम्म ल्याउन सहज भएको छ ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिकाका नागरिकलाई त्यहाँबाट बजारसम्म आउजाउ गर्न  सहज भएको छ । घुमेर बाहुनेपाटीको बाटो प्रयोग गर्नुपर्ने समस्या हटेपछि मेलम्ची बजारमा पनि चहलपहल बढेको छ । 

“गाउँमा सानो किराना पसल छ । वर्षायाममा त जसोतसो गरेर मात्र चलाइयो । यो बीचको समय त धेरै कष्ठ गरेर सामान ल्याइयो बोकेर पुल तार्नुपर्ने, नबोकौँ भने बाहुनेपाटी घुमेर आउनुपथ्र्यो तर अहिले त दसैँ आएको भन्दा पनि बढी खुसी लागेको छ मलाई त” पाँचपोखरी थाङपाल गाउँपालिका रवीन थापाको भनाइ थियो । उहाँजस्ता गाउँमा किराना पसल चलाउने, दूध सङ्कलन गरेर बजारमा ल्याउने, तरकारी उत्पादन गर्ने सबैलाई बजारसम्मको पहुँच सहज भएको छ । 

खोलामा पानीको सतह बढेपछि असार महिनामा अस्थायीरुपमा बनाइएको पुल बगाएपछि साना गाडी प्नि मारमा परेका थिए । तीन महिनाजती गाडी नै घरमा लगेर राख्नु परेको  मेलम्ची– ९ का रामकृष्ण धितालले बताए । दसैँको मुखैमा खोलामा ह्युम पाइप राखेर अस्थायी रुपमा बनाइएको पुलले खुसी दिएको र तीन महिनासम्म थन्क्याइएको गाडी बल्ल गुड्न पाएको  उनले बताए । गाउँमा सङ्कलन हुने दूध, तरकारी तथा खसीबोका बोकेर दैनिक बजार आउने गाडी वर्षायामको तीन महिनामा त गाउँमा कोही बिरामी परे अस्पतालसम्म लैजाने र कहीकाहीँ अत्यावश्यक काम परे मात्र घुमेर बजारसम्म गएको चालक धितालको भनाइ थियोे । उनीजस्ता साना ट्रक चलाउनेहरुले पनि असार, साउन र भदौ महिनासम्मा आफ्ना सवारी साधन थन्क्याएर राखेका थिए  । 

गत वर्षको बाढीले पक्की पुल बगाएकाले  मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।

यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा ङेमा तामाङले वर्षाको तीन महिनासम्म जोहो गरेको सामानले छाक टार्नुभएकामा अहिले अस्थायी पुल बने पछि सहजै सामान लैजान सकिनेमा उनी ढुक्क छन् । 
 
मेलम्ची नगरपालिकाले दसैँलाई लक्ष्य गरेर मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि आवतजावतमा सहज भएको छ । नगरपालिकाले वडा नं ११ फट्टेस्थित मेलम्ची खोलामा पुरानो मोटरेबेल पुल भएको ठाउँमा अस्थायी पुल बनाएको हो ।

ईन्द्रावती खोलामा पाँचपोखरी र इन्द्रावती जाने ठाउँमा पनि अस्थायी पुल सञ्चालनमा ल्याइएको छ । फट्टेस्थित मेलम्ची खोलामा बनेको पुलले हेलम्बु, मेलम्ची र पाँचपोखरीका नागरिकलाई यातायातको पहुँचमा सहज तुल्याएको छ भने ईन्द्रावती खोलामा बनेको अस्थायी पुलबाट पाँचपोखरी, ईन्द्रावती र मेलम्चीका वासिन्दालाई सुविधा पुगेको छ  । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण बुटवलमा पदक विजेता खेलाडीलाई सम्मान, पत्रकारद्वय पाण्डे र श्रेष्ठ पुरस्कृत बुटवलको ट्राफिक, ठेला, इरिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने किसान च्याउ खेतीतर्फ आकर्षित सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही ठूलाे परिमाणकाे गाँजासहित पाँचजना पक्राउ