ताजा अपडेट »

शान्ति समाजद्वारा वद्ध आश्रममा खाद्यान्न प्रदान

आइतबार, १६ असोज २०७९, १५ : ३३
26 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको सन्दर्भमा बुटवल २ पाखापानीस्थित वृद्धाश्रममा खाद्यान्न प्रदान गरिएको छ । मानव जिवनको उत्तराद्र्धमा पुगेका नागरिकलाई परिवार तथा समाजमा उचित सम्मान र गौरवपुर्ण आत्मबोधका साथ जिवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरियोस भन्ने नाराका साथ शान्ति समाज रुपन्देहीले कार्यक्रम आयोजना गरेको सभापति कृष्ण भट्टराइले बताएका छन् ।

मुलुकमा मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रको सवलीकरणका साथै समाजमा मानविय मुल्य र मान्यता स्थापित गर्ने सवालमा अविछिन्न अभियान र आन्दोलनहरु संचालन गर्दै आएको शान्ति समाजले मानव जिवनका अनुभवका खानीका रुपमा रहेका जेष्ठ नागरिकलाई उचित सम्मानजनक ब्यबहारको आवश्यक्ता औंल्याउदै आएको छ । संरक्षण अभाव लगाएतका विभिन्न कारणबाट परिवार र समाजबाट अलग्गिनु र एक्लिनु परेका जेष्ठ नागरिकलाई राज्यले संरक्षण र पालनपोषणको ब्यबस्था गर्नुपर्ने समाजका सभापति गोविन्द खनालले बताए ।

हरेक जेष्ठ नगरिकले परिवारमा आत्मसम्मान बोध गर्ने बाताबरण हुनुपर्ने, स्वास्थ र मनोरञ्जनको यथेष्ट प्रबन्ध हुनुपर्ने र सहयोगापेक्षी जेष्ठ नागरिकलाई सरकारले सम्पुर्ण जिम्मेवारी लिई सम्मानित जीवनयापनको ब्यवस्था गर्नुपर्ने आवश्यकता रहेको सभापति खनालको भनाई छ । सो अवसरमा रुपन्देही मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यवसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले समाजका मुख्य पात्रका रुपमा रहेका जेष्ठ नागरिकले जिवनको उत्तराद्र्धमा आएर उचित सम्मान र ब्यबहार नपाउन दुःखको कुरा भएको उल्लेख गरे ।
सो अवसरमा समाजका केन्द्रिय सचिव मिना भट्टराई ढकाल, जिल्ला समितिका पुर्व सभापतिहरु लालहरी पाण्डे, हरिश ढकाल, डिपी खनाल, सचिव कृष्ण पाण्डे, कोषाध्यक्ष लिलाधर लुइँटेल लगाएतले आश्रममा रहेका जेष्ठ नागरिकहरुको सुस्वास्थ्य र दिर्घजीवनको कामना गर्दै निजी क्षेत्रका महानुभावहरुको प्रयासबाट भएको पाका पुस्ताको संरक्षणको अभियान सराहनिय भएको र सबैले सहयोग पुराउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।