ताजा अपडेट »

बुटवलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, फरार सवारीको खोजिकार्य जारी

शनिबार, १५ असोज २०७९, १० : १२
16 Shares

बुटवल । पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ मा मिलनपार्क नजिकै शुक्रबार साझ गाडीको ठक्बरबाट एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार साझ करिब पौने ६ बजेको समयमा नम्बर नखुलेको बोलेरो जिपले महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते स्थानीय ४० वर्षीया विष्णु पौडेललाई थप उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि साझ करिब साढे ७ बजेको समयमा मृत्यु भएको चिकित्सकले जानकारी गराएका थिए । पश्चिमदेखि बुटवलतर्फ आउँदै गरेको जिपले ठक्कर दिएपछि फरार रहेको छ । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।