ताजा अपडेट »

कांग्रेस सिध्याउने अधिकार कसैलाई पनि छैन: डा. भण्डारी

शुक्रबार, १४ असोज २०७९, १९ : ४५
29 Shares

बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाइ नभएको बताएका छन् ।

कांग्रेसभित्र अहिले जे पनि भैरहेको भन्दै यसमा खबरदारी गर्न कार्यकर्तालाइ आग्रह समेत गरे । कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसंगै रगत प्रयोग भैरहेको भन्दै उहांले कांग्रेसको बिउ बांच्नुपर्ने धारणा राखे । ‘कांग्रेस सिद्धिनुभएन,राजाका बेला नसिद्धिएको,माओबादीका बेला नसकिएको ,लुकेर दुबै झैं भोट हाल्ने कांग्रेसलाई अहिले आफ्नैबाट सम्स्यामा परेको भन्दै भण्डारीले कांग्रेस बनाउने अधिकार छ तर बिगार्ने अधिकार कसैलाइ पनि नभएको बताए।

छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित बडादशैं,दीपावली,छठ,नेपालसम्बत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उनले कांग्रेस अबको चारबर्षपछि कांग्रेस आफुहरुको नेतृत्वमा आउने समेत ठोकुवा गरे। मंसिर ४ मा सहि नेतृत्व छनोट गर्न र नेता छान्नेबेला जनताले प्रस्न गरेर मात्रै भोट हाल्नुपर्ने उनको धारणा छ । कांग्रेस नेतृत्वलाइ बेलैमा खबरदारी गर्न पार्टी कार्यकर्तालाइ उहांले आग्रह समेत गरे । एमालेले हरेक प्रश्नको जवाफमा बृद्धभत्ताको रटान मात्रै गर्ने गरेको टीप्पणी गर्दै उहांले उनीहरुको एजेण्डा नै नभएको र अरुलाइ गाली गर्ने काम मात्रै भएको आरोप लगाए ।

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबण्डा र परिवारबाद लादिएको भन्दै त्यो आफुहरुलाइ कदापी मान्य नहुने समेत चेतावनी दिए ।उनले समानुपातिकको सुची सच्चाएरै छाड्ने र बिवादित मान्छेलाइ सुचीबाट हटाउने समेत दाबि गरे । देशमा प्रधानमन्त्री बन्छु भन्ने धेरै भएपनि उनीहरुका एजेण्डा प्रष्ट नआएको उहांको टीप्पणी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।