ताजा अपडेट »

नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’

शुक्रबार, १४ असोज २०७९, १४ : २७
40 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाले नगरबासीका समस्या, गुनासो सुन्न र तत्काल समस्या समाधान गर्नका लागि ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उद्घाटन गरे ।

नगरवासीका गुनासोहरु नगरपालिका सम्पत्ति भएकाले गुनासो सुन्न र ती गुनासोहरुलाई समाधान गर्न हेल्लो तिलोत्तमाको सुरुवात गरेको नगरप्रमुख रामकृष्णा खाँणले बताए । ‘जनताको गुनासो सुन्ने र आत्मसाथ गर्नु पर्छ । त्यो हाम्रो सम्पत्ति हो । ती जनताका गुनासोहरु विकास र समाज रुपान्तरणका लागि अघि बढ्न सकिन्छ । यसकारणले यसको स्थापना गरिएको हो ।’–उनले भने ।

यस्तै नगगर उपप्रमुख जागेश्वरी चौधरीले नगरवासीका गुनासो सुन्न र ती गुनासोलाई कार्यान्वयन गर्नका लागि यसको सुरुवात गरिएको बताइन् । नगरवासीले आफ्ना केही गुनासाहरु भए कार्यालय नआई अब आफ्नो घरबाट नै आफ्ना गुनासाहरु राख्न सक्ने उनले बताइन् ।

नगर क्षेत्र भित्रका सम्पूर्ण नगरवासीहरुले आफ्ना मनमा लागेका गुनासोहरु टोल फि नं. १६६०७१५६६६ र ०७१५५६०५९९ मा फोन गरेर अथवा नगरपालिकाको वेव साइटमा गुनासो सम्बन्धी पोर्टलबाट आफ्नो गुनासो राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत नारायण अयार्यलले बताए । हेल्लो तिलोत्तमा २४ घण्टा नै सञ्चालनमा रहने छ ।

हेल्लो तिलोत्तमाको सुभारम्भ गर्दै गर्दा वडा नम्बर ३ का रामप्रसाद भण्डारीले हेल्लो तिलोत्तमामा सम्पर्क गरेर दुधमा बढी पानी मिसाउने गरेको र त्यसलाई समाधान गर्न आग्रह गरेका थिए । नगरप्रमुख खाँणले सो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा छलफल गरेर समाधान गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।