१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

परासी । चाडपर्व नजिकिएसंगै पश्चिम नवलपरासीमा बजार अनुगमनले तिब्रता पाएको छ । बिजया दशमी, शुभ दिपावली,तथा छठ पर्व लगाएतका चाडपर्व नजिकिदै गर्दा जिल्लाको संयुक्त बजार अनुगमन समितिले अनुगमनलाई तिब्रता दिएको हो । बजार अनुगमन समितिले हिजो बर्दघाट नगरपालिका क्षेत्रको बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ईलाका प्रहरी कार्यालय, बर्दघाट नगरपालिका र पत्रकारहरु सहितको अनुगमन टोलीले नगरको पञ्चनगर, बर्दघाट, बाढीपिडित लगाएतका बजारका खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरेको हो ।

चाडपर्वको समयमा व्यवसायीले जथाभावि मूल्य लिने म्याद गुज्रेका अखाद्य वस्तुहरु बेच्ने, कृत्रिम अभाव सिर्जना गर्ने कार्य गर्न सक्ने भएकाले त्यसको न्युनिकरणका लागि बजार अनुगमन गरीएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले बताए । अनुगमनका क्रममा कतिपयले दर्ता विनै पसल सञ्चालन गरिरहेको, दर्ता गरेपनि पान नम्बर नलिएको, नविकरण नगरेको, मदिरा तथा सुर्तिजन्य वस्तु विक्रि वितरणका लागि अनुमति नलिएको, बर्दघाट नगरले सुर्तिजन्य बस्तुको वेचविखनमा रोक लगाए पनि खुल्लेआम पसलमा झुन्डाएर विक्रि वितरण गरेको पाईएको अनुगमन टोलीमा सहभागि बर्दघाट नगरपालिकाका उद्योग वाणीज्य शाखा प्रमुख पशुपति गैरेले जानकारी दिएका छन्। अनुगमनका क्रममा नियम विपरीत कारोबार गरिरहेका सबै व्यापारिक फर्महरुलाई तत्काल नियम अनुसार चल्न निर्देशन दिदै म्याद सकिएका वस्तुहरुको जफत गर्ने र नष्ट गर्ने काम गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्दिप लामिछानेले बताए ।

यस अगावै टोलीले जिल्लाको परासी, सुनवल लगाएतका क्षेत्रहरुमा अनुगमन गरिसकेको छ भने अनुगमनलाई जिल्लाका अन्य बजार क्षेत्रमा समेत अनुगमनलाई तिब्रता दिइने लामिछानेले जानकारी दिएका छन् ।घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले बिहिबार बर्दघाट आसपासका क्षेत्रमा २० बढी विभिन्न प्रकृतिका पसलहरुमा अनुगमन गरीएको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार