ताजा अपडेट »

डेंगुबाट थप दुई जनाको मृत्यु

विहीबार, १३ असोज २०७९, १८ : ००
2 Shares

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएको हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । सँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।