ताजा अपडेट »

वनको संरक्षण र विकासमा चारपाला

विहीबार, १३ असोज २०७९, १७ : ५६
22 Shares

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समुह बुटवल–१२ तामनगरको हालै निर्वाचित नयाँ नेतृत्वको सपथ ग्राहण तथा पदस्थापन गरिएको छ । असोज ७ गते भएको साधारणसभा तथा अधिवेशनले जगतनाथ पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।

प्रमुख निर्वाचन अधिकृत प्रकाशमणि खनालले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले वन क्षेत्रको विकासमा सबै मिलेर लाग्नुपर्ने बताए । उनले वनले समुदायको विकास सँगै गरिबी न्यूनीनकरण महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्यसतर्फ नयाँ नेतृत्वले काम गर्न सुझाव दिए । शुद्धोधन गाउँपालिकाका प्रमुख विष्णु बस्यालले वन समृद्धिको आधार रहेको बताए ।

चारपालाका संरक्षण र संबद्र्धनको लागि पालिकाले सक्दो सहयोग गर्न आफू तयार रहेको बताए । सो अवसरमा नव निर्वाचित अध्यक्ष जगतनाथ पौडेलले वन क्षेत्रको व्यवस्थापन गर्दै बहुउपयोगिताको लागि आफूले काम गर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली शर्मा, वनका निवर्तमान अध्यक्ष ओमप्रकाश ठाकुर, बुटवल १२ का निवर्तमान अध्यक्ष दुर्गा सुवेदी, सल्लाहकारद्वय उदयराज काफ्ले, प्रेम काफ्ले, अध्यक्षका प्रत्यासी घनश्याम चालिसे, प्रमुख निर्वाचन अधिकृत, प्रकाशमणी खनाल लगायतले बोलेका थिए ।

निर्वाचन अधिकृत नवराज अधिकारीको स्वागत तथा रुपेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चारपाला नेपालकै ठूलो वन हो । जसको क्षेत्रफल २ हजार १० हेक्टर रहेको छ । चारापाला नमूना वनको रुपमा रहेको छ । जहाँ विभिन्न दुर्लभ जंगली जनावरहरु पनि पाइन्छन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।