१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । चाडपर्वको समयमा हुने सवारी दुर्घटना रोक्न सरोकारवाला निकायहरु गम्भिर बनेका छन । पश्चिम नेपाल बस ब्यवसायी प्रालीले बुटवलमा आयोजना गरेको बिजया दशमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वको बेला सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्नेमा जोड दिएका छन ।

Advertisement

पर्वको समयमा यात्रुको चाप सार्वजनिक यातायातमा हुने भएकाले दुर्घटनाको जोखिम बढि हुने गरेकाले दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्ने बताएका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले दुर्घटना न्यूनिकरणको लागि नै प्रहरीले नियमित रुपमा सवारी साधनको चेकजाँच गरिरहने बताए । चार्डपर्वको समयमा बढि सवारी दुर्घटना हुने गरेकाले यसलाई रोक्नको लागि प्रहरीले नियमित रुपमा चेकिङ्ग गरिहेको उनले बताए ।

प्रहरीको नियमित चेकिङलाई यातायात ब्यवसायीले अन्याथा लिन नहुने प्रहरी उपरिक्ष थापाले बताउँदै दुख दिने गरी वा नियत खराबले चेकजाँच गरेको भए उजुरी दिनको लागि आग्रह गरे । नियमलाई कार्यान्वयन गर्नको लागि प्रहरीले सवारी चेकिङ गर्दै आएको बताए । मापसे चेकिङ् गर्दै आएको प्रहरीले अब लागु पदार्थ सेवन गरे नगरेको पनि परिक्षण लुम्बिनी प्रदेशमा पनि सुरु भएको थापाले जानकारी दिए। पश्चिम नेपाल बस ब्यवसायी प्रालीका अध्यक्ष दधि खरेलले सवारी दुर्घटना न्यूनिकरणको लागि सबै पक्षको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

सवारीको अवस्थालाई हरेर सवारी दुर्घटनाको दोष दिए पनि सडकको दुरअवस्था सुधारको लागि राज्यले ध्यान नदिएको गुनासो पोखे । सवारी दुर्घटना रोक्नको लागि ट्राफिक नियमको पालनासँगै सडकको अवस्था सुधार हुन अवाश्यकता रहेको खरेलको भनाई थियो । बुटवल उपमहनगरपालिका वडा नं। ४ का वडाध्यक्ष नरिश्वर पौडेलले सवारी दुर्घटना रोक्नको ट्राफिक नियमको पालना जरुरी रहेको बताए । बुटवलमा सवारीको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको प्रति सचेत गराए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्नको लागि एकिकृत सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको बताए । उनले ४० प्रतिशत प्रहरी जनशक्त थप गरेर पर्वमा सुरक्षा प्रदान गरिने जानकारी दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पोखेरेलले सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुन आवश्यकता रहेकोमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार