ताजा अपडेट »

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’

विहीबार, १३ असोज २०७९, १६ : ३०
15 Shares

बुटवल । बुटवलको कालिकानगरस्थित कबीर अटो मोबाइल्सले स्वदेशी उत्पादनमा जोड दिएको छ । नेपाल तथा भारतका विभिन्न ब्राण्डका टायरहरु बिक्री वितरण आएको अटो मोबाइल्सले सकेसम्म स्वदेशमै उत्पादन भएका स्कूटी,मोटर साइकल ,कार, ट्रयाक्टरका लगाएतका टायर बिक्री वितरणमा जोड दिँदै आएको बताउँदै ग्राहकलाई पनि स्वदेशी टायर प्रयोग गर्न प्रोत्साहन गरेको अटो मोबाइल्सका प्रबन्ध निर्देशक सरदार भोला सिंहले (लाटोे कबीर)ले बताए ।

बिहीबार पत्रकारहरुसँगको घेटघाटमा उनले नेपाली उत्पादनमा र प्रयोगमा जोड दिनका लागि स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

टायरसँगै गाडीमा प्रयोग हुने ब्याट्रीहरुमा पनि नेपालमा उत्पादन भएका ब्राण्डमा जोड दिएको उनले बताए । विगत १० वर्षदेखि टायर, गाडीको ब्याट्री, इन्भर्टरको लगाएतका अटो मोबाइल्स सम्बन्धी सामग्रीहरु बिक्री वितरण गर्दै आएको कबीर अटो मोबाइल्सले दशैं तिहारको अवसरमा विशेष छुटसहितको अफर पनि ल्याएको प्रबन्ध निर्देशक सिंहले जनाए ।

अटो मोबाइल्सले जगदम्बा,एशिएन र जिब्रो कम्पनीका ब्याट्री शुपथ मूल्यसँगै विशेष छुटमा बिक्री गरिने बताए । उनले भने ‘हामीले दशैं,तिहारको अवसरमा विशेष छुट तथा ‘नगदमा किन्नुहोस् , सस्तोमा किन्नुहोस्’ भन्ने नारासहित टायर,ब्याट्री लगाएत सम्पूर्ण अटोमोबाइल्सका सामग्री बिक्री गर्दैछौं ।’

अटो मोबाइल्सले डेल्टा र शेर्पा ब्राण्डका टायरहरु विशेष प्राथमिकता र छुटमा बिक्री गरिरहेको जनाएको छ । नेपाली टायर खरिदमा सस्तोसँगै निःशुल्क लिक्विड निःशुल्क उपलब्ध गराउने बताउँदै अब टायर खरिदकै लागि सुनौली जना नपर्ने दावी गरे ।

अटो मोबाइल्सले हाल २ प्रदेश, लुम्बिनीका बुटवल, भैरहवा,तौलिहवा,जीतपुर चार नं.,चन्द्रौटा र गण्डकीको नारायणगढबाट बिक्री वितरण गरेको र आगामी दिनमा अन्य ५ प्रदेशका विभिन्न शहरमा सेवा विस्तार गर्ने अटो मोबाइल्सका प्रबन्ध निर्देशक सिंहले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।