१७ मंसिर २०७९, शनिबार

Dec 3, 2022

काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरेका हुन् ।

Advertisement

श्रेष्ठले श्रीलंकामा सम्पन्न साफ यु-१७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु-१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् । टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।

५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर नौ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

नेपाली टिमः

गोलकिपरः कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी

रक्षकः अश्विन घोरासैनी, सिमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा

मिडफिल्डरः प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार