१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । पछिल्लो समय पोथी जातको लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगुसँगै रगतको कमी हुन नदिन विहिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बुटवल–११ बुद्धनगरका अवस्थि बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समितिले ‘बुटवलमा रगतको अभाव भयो भन्न कसैलाई नपरोस’ भन्ने मूल उद्देश्यसहित रक्तदान गरेको हो ।

डेंगु संक्रमणका कारण विरामीको सङ्ख्या बढिरहेको र रगतको अभाव सृजना भएको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष आशिष सुर्यवंशीले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ६४ यूनिट रगत संकलन भएको छ । वार्षिक रुपमा आफ्नो स्थापना दिवस पारी रक्तदान कार्यक्रम अयोजना गर्दै आएका संस्थाले विहिबार भने आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेपनि उपस्थिती उत्साहजनक भएको सुर्यवंशीले दाबी गरे । १२ सय बढी घर परिवार उपभोक्ता रहेको खानेपानी संस्थाले वार्षिक रुपमा हरेक वर्षको माघ ४ गते साधारणसभासहित रक्तदानका कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही मितिमा ८ औं पटक रक्तदानको कार्यक्रम आयोजना गरिने कार्यसूचि रहेको संस्थाका सचिव अर्जुन कुमार जिसीले बताए ।

लामखुट्टेको टोकाईबाट डेंगु रोग संक्रमण हुने भएकाले घर वरीपरिका झाडी तथा पानी जम्ने ठाउँहरु सफा गर्ने, लामखुट्टेले प्रजनन् गराउने गरी कुनै पनि ठाउँमा पानी जम्न नदिने तथा वातावरण सफा राख्न जिसीले आग्रह गरे । यसैगरी उच्च ज्वरो आउने, टाउको दुख्ने लगायतका डेंगुसँग सम्बन्धित रक्षणहरु देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर जँचाएर मात्रै औषधी प्रयोग गर्न उनको आग्रह छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार