ताजा अपडेट »

रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

विहीबार, १३ असोज २०७९, ११ : ०६
22 Shares

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आजबाट वडावाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई रामग्राम नगरपालिकाद्वारा वडा नं ११ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले वडा नं ११ का सबैभन्दा जेष्ठ नागरिक ८१ वर्षका पुजेरू थारुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरी समुदघाटन गरेका हुन्। रामग्राम नगरपालिकाका १८ वटै वडाहरूमा रहेका लाभग्राहीहरूलाई लाभान्वित हुने गरी जिल्ला मै उदाहरणीय कामको थालनी भएको हुनाले सम्पूर्णलाई सहकार्य का लागि हातेमालो गर्न अनुरोध गरेका छन्। रामग्राम नगरपालिका भित्र रहेका वडामा मेघा बैंक नेपाल लिमिटेड, ज्योति विकास बैङ्क र सनराईज बैङ्क लिमिटेडले सामाजिक दायित्व अन्तर्गत रामग्राम नगरपालिकाको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले विगत पाँच वर्षदेखि यसका निम्ति गरिएको पहल आज सफल भएकोमा खुसी व्यक्त गरे। रामग्राम नगरपालिका भित्र रहेका वृद आमाबुवाको दु:खलाई मध्यनजर गरी रामग्राम नगरपालिकाकले वडा स्तरमा पुगेर सेवा प्रदान गरेकोमा धन्यवाद दिदै जिल्लामा अन्य पालिकामा समेत यस किसिमको सेवा प्रदान गर्न पहल गर्ने बताउनुभयो। यसैगरी पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जेष्ठ नागरिकको दु:खलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न आफू कत्तिपनि पछाडी नपर्ने हुँदा ढुक्क भएर सेवा प्रदान गर्न बैङ्क हरुलाई आग्रह गरेका हुन्।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बिभिन्न वडाबाट परासी सदरमुकाममा घामपानी नभनी दिनभर दुख भोगाइको अन्त भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्। रामग्राम नगरपालिका वडा नं १४ वडा अध्यक्ष धनपत यादवले अव अन्य वडामा समेत समाजिक सुरक्षा भत्ता वितरण गर्ने र यसको सम्पूर्ण सुरक्षा जिम्मेवारी स्थानीय तहले बहन गर्ने हुदाँ बैंकहरूको पनि सामजिक दाइत्व भएकाले ढुक्क भएर हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरेका छन्। कार्यक्रमलाई रामग्राम नगरपालिका वडा नं ११का वडा सचिव रमेश नेपालको सञ्चालन, रामग्राम नगरपालिका वडा नं ११का वडा अध्यक्ष धनिराम यादवले स्वागत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।