ताजा अपडेट »

बुटवलबाट छुटेको जिप पाल्पामा दुर्घटना, ५ जना घाइते

विहीबार, १३ असोज २०७९, ०६ : १६
33 Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा–४ मा गएराति जिप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर जुठापौवा जादै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधिन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए । जिपमा १० जना यात्रु रहेको र घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

राति १२ बजे बुटवलबाट जुठापौवाको लागि हिडेको जिप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।