ताजा अपडेट »

बुटवल उपमहानगर प्रमुख पाण्डेको शब्दले पत्रकारको अपमान : पत्रकार महासंघ रुपन्देही

बुधबार, १२ असोज २०७९, २१ : ५५
8 Shares


बुटवल । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले पत्रकारप्रति प्रयोग गरेको अपमानजनक शब्दले पत्रकार महासंघ, रुपन्देहीले समग्र पत्रकारप्रतिको अपमान महसुस गरेको जनाएको छ ।

बुधबार उपमहानगरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघ,रुपन्देहीका सदस्य डि.बि.सुस्लिङले राखेको प्रश्न र जिज्ञासामा उपमहानगर प्रमुख पाण्डेले आपत्तिजनक तथा अपमानजनक शब्द प्रयोग गरेका थिए ।

महासंघ रुपन्देहीका सचिव विनोद परियारद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सार्वजनिक पद धारण गरेको व्यक्तिबाट पत्रकारको प्रतिउत्तरमा प्रयोग गरेको शब्द अपमानजनक रहेको बताउँदै जिम्मेवार बन्न आग्रह गरेको छ ।’

सुस्लिङले समाचारका लागि प्रतिक्रिया लिँदा प्रमुखले ‘तपाइँ नेगटिभ मात्रै लेख्नुहुन्छ ।’ भन्ने प्रसङ्गसहित जिज्ञासा र सुझाव राखेका थिए । जवाफमा उपमहानगर प्रमुख पाण्डेले ‘तपाइँ के लेख्नुहुन्छ, त्यसमा तपाइँलाई लाज लाग्नुपर्ने ’ आशय व्यक्त गरेका थिए।

पत्रकार सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् । उनी डेढ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनले उपमहानगरका कमी-कमजोरी र ढिलासुस्ती बारे शसक्त कलम चलाउँदै आएका छन्।

यस्तो छ महासंघको प्रेस विज्ञप्ति :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।