ताजा अपडेट »

भ्रमण वर्ष लक्षित गरी बुटवलमा फ्लेयर बारटेण्डर च्याम्पियनसीप हुँदै

विहीबार, २६ मंसिर २०७६, १६ : १७
2 Shares

मंसिर २६,

ग्लोबल आवाज

बुटवल । बुटवलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको फ्लेयर बार टेण्डर च्याम्पियनसीप हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्टेप अप हस्पिटालिटी बार स्कूल बुटवलको आयोजनामा पुस १ र २ गते प्रतियोगिता हुन लागेको हो ।

बुटवलको अम्रपाली कटेज एण्ड रेष्टुरेन्टमा हुने प्रतियोगितामा भारत, नेपाल, श्रीलंका लगायतका देशहरुबाट पुरुष र महिला गरी करिब ६० जना बारटेण्डरले प्रतिस्पस्धा गर्ने आयोजक संस्थाका अध्यक्ष विष्णु सारुले जानकारी दिए । प्रतियोगितामा नेपालका काठमाडौं, धरान, पोखरा लगायतका मुख्य शहरका बारटेण्डरहरुले भाग लिनेछन् ।

प्रतियोतिाको विजेताले नगद चालिस हजार,उपविजेताले २० हजार र बेस्ट ककटेलले १० हजार र हार्डेस्ट मुभ सेगमेन्टमा ५ हजार राशीको पुस्कार राखिएको अध्यक्ष सारुले बताए । प्रतियोगितामा बारटेण्डरहरुले आफूमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्न पाउने छन् ।

प्रतियोगितालाई मनोरन्जनमय बनाउन डीजेहरुको प्रस्तुति र चित्रकारहरुले लाइभ पेन्टिङ गर्ने कार्यक्रम समेत रहेको स्टेप अप हस्पिटालिटी बार स्कूलका कार्यक्रम संयोजक विष्णु गौचनले बताए । यस्तो खालको प्रतियोगिताले स्तरीय होटेल तथा रेष्टुरेन्टहरुलाई आवश्यक दक्ष जनशक्ति आपुर्तिमा र पर्यटन व्यवसायमा टेवा पुग्ने अध्यक्ष सारुले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब पांचलाख रुपैयां खर्च लाग्ने आयोजकले जनाए ।

प्रतियोगिताको उद्घाटन एफबीआईका संस्थापक अध्यक्ष युवराज पुनले गर्नेछन् भने निर्णायकहरुमा सन्तोष आचार्य, रोहित श्रेष्ठ र सन्तोष आचार्य रहने छन् । प्रतियोगिता सम्पन्न गर्न सुनिल क्षेत्री, नरेश श्रेष्ठ र राहुल थापाले व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन् । प्रतियोगिता अवधिमा मदिरा सेवन र स्वास्थ्यका विषयमा अन्तरक्रिया समेत रहने र त्यसमा होटेल तथा रेष्टुरेन्ट व्यवसायीहरु सहभागी हुने अध्यक्ष सारुले बताए । यस्तो प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने लक्ष्य रहेको अध्यक्ष सारुले बताए ।

चार वर्षदेखि बुटवलको श्रवणपथमा सञ्चालनमा रहेको स्टेप अप हस्पिटालिटी बार स्कूलले हालसम्म पांच सय ४६ जना प्रशिक्षार्थीलाई तालिम प्रदान गरेको छ । स्कूलले शुल्क तिर्न नसक्ने प्रशिक्षार्थीलाई निशुल्क तालिम र रोजगारी समेत प्रदान गर्दै आइरहेको अध्यक्ष सारुले बताए । बार टेण्डर तालिम लिएका मध्ये सबैले रोजगारी पाएका सारुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।