ताजा अपडेट »

साउदीको प्रधानमन्त्रीमा युवराज मोहम्मद बिन सलमान नियुक्त

बुधबार, १२ असोज २०७९, १३ : २१
2 Shares

काठमाडौँ । साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो । तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन् ।

सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराजले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन् । उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमान रक्षा मन्त्री बनेका छन् । यसअघि उनी उपरक्षा मन्त्री थिए । 

आधिकारिक साउदी प्रेस एजेन्सीद्वारा प्रकाशित राजा सलमानको शाही आदेशअनुसार, गृह, विदेश र ऊर्जा सहित अन्य महत्वपूर्ण मन्त्रालयका जिम्मवारी सम्हालेका सलमान गत महिना ३७ वर्ष पुगे । सन् २०१७ देखि उनी राजाको रूपमा आफ्नो बुबाको उत्तराधिकारी हुने पहिलो लाइनमा छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।