ताजा अपडेट »

इजरायली राजदूतले गरे गुल्मीमा कफी अनुसन्धान कार्यक्रमको अवलोकन !

विहीबार, २६ मंसिर २०७६, १६ : ०७
8 Shares

मंसिर २६,

ग्लोबल आवाज

गुल्मी । कफी क्षेत्रमा भइरहेको खोज तथा अनुसन्धानमा सहयोग गर्ने उदेश्यले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रममा राष्ट्रिय एबम् अन्तराष्ट्रिय क्षेत्रका ब्यक्तिहरुबाट अबलोकन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ भण्डारी डाँडामा नेपाल तथा नेपाल बाहिरका विशिष्ट ब्यक्तिहरुले कफी अनुसन्धान कार्यक्रमको निरक्षण गरे ।

अनुसन्धान कार्यक्रमका वरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले राजदुतहरुलाइ समग्र कफी अनुसन्धान कार्यक्रमको बारेमा भइरहेको कामहरुको बारेमा जानकारी गराए । अबलोकनका लागि आएका राजदुत बेनी अमारले कार्यक्रमलाई आफ्नो देशबाट सक्दो सहयोग गर्ने बताए । राजदुत लगायतका बिशिष्ट टोलीले कार्यलय परिसरमा कफिका बिरुवा समेत रोपेका थिए ।

कफी क्षेत्रमा भइरहेको अनुसन्धानमा राजदुत सहितको टोलीले अबलोकन गरेर यस क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको अनुसन्धान कार्यक्रमका वरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले बताए । इजरायल सरकारले प्रत्येक प्रदेशको एक जिल्लाममा कृषि क्षेत्रमा सहयोग काम गर्ने उदेश्यले नेपालका ७ वटै प्रदेशमा रहेका कृषि सम्बन्धी भएका कामहरको अबलोकन गर्दै आएका छन् ।

निरीक्षण कार्यक्रममा नेपालका लागी इजरायली राजदुत बेनि अमार इजरायलका लागि नेपाली राज्दुत डा.अन्जना शाक्य, नेपाली सेनाका बलाअध्यक्ष रथी गौरब तन्डुल, परराष्ट्र मन्त्रालयका र कृषि कार्यक्रमका उपसचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख तुल्सी श्रेष्ठ, रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, कफी अनुसन्धान कार्यक्रमका वरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले लगायत सुरक्षा निकायका प्रमुखहरुले कफी अनुसन्धान कार्यक्रममा अबलोकन गराएका थिए ।

गुल्मीमा कफी सम्बन्धी बिभिन्न परिक्षण एबम् अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम पनि राखिएको छ । ०७१ बैशाख ३ गते कफी अनुसन्धान कार्यक्रम कार्यालय समेत स्थापन भएको छ ।

कार्यक्रम मार्फत कफी सम्बन्धी अनुसन्धान, जात परिक्षणा, रोग कीरा सम्बन्धी अनुसन्धान गर्दै आएको वरिष्ठ बैज्ञानिक थापाले बताए । बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो ।

गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । जहाँ ३२४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा कफी रोपण भएको छ ।

नेपाल भर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने तथ्याङ्क रहेको छ । त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको छ । नेपाल भर हाल २७६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुदै आएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालबाट ०७५÷०७६ मा ५३० मेट्रिक टन उत्पालदन भएकोमा ८४ दशमलव १३ मेट्रिक टन निर्यात भएको तथ्याङकमा उल्लेख छ । नेपालबाट निर्यात भएको कफीबाट रु ९ करोड ९६ लाख मुल्य रहेको छ । कफी उत्पादन गर्ने कृषकलाई भने सेतो गवारोका कारण उत्पादन गर्न समस्या परेको कृषहरुको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।