ताजा अपडेट »

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

बुधबार, १२ असोज २०७९, ०७ : ५१
12 Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।