ताजा अपडेट »

भ्रमण वर्ष लक्षित गरी पोखरामा औद्योगिक व्यापार मेला हुने

विहीबार, २६ मंसिर २०७६, १५ : १७
8 Shares

मंसिर २६,

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना हुने भएको हो ।

लगानीको सम्बर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ नाराका साथ सुरु हुने मेलाबाट गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी प्रदेशको व्यवसाय विस्तारको सम्भावना खोजी गर्ने उद्देश्य लिइएको आयोजकको भनाइ छ । मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

‘मेलामा हस्तकला, कृषि, सूचना तथा प्रविधि लगायतका क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिनेछ । मेलामा विभिन्न होमस्टेहरुको समेत सहभागिता हुने भएकाले पर्यटकीय गन्तव्यहरुका बारेमा समेत जानकारी पाउन सकिनेछ ।

मेलाबाट १ करोड रुपैयाँ आम्दानी र खर्च हुने अनुमान आयोजकको छ । मेलाको बचत रकम उद्यमशीलता प्रवर्द्धन र व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।