ताजा अपडेट »

बिहिबार देशभरका विद्यालय बन्दको आव्हान

बुधबार, २३ माघ २०७५, ०८ : ५९
10 Shares

माघ २३ ,
बुटवल। आफ्नो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि.क.लाई विनाकारण गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै तत्काल रिहाईको माग राखेर बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्वबियूू (क्रान्तिकारी) ले भोली २४ गते देशभर शैक्षिक क्षेत्र बन्दको आव्हान गरेका छन् ।


त्यसैगरी लुम्बिनी क्षेत्रिय समन्वय समितिले पनि आह्वानमा ऐक्यबद्धता जनाउँदै शैक्षिक हड्तालको घोषणा गरेको छ । बिश्वकर्मालाई माघ १७ गरे बिराटनगरवाट बिनाकारण गिरफ्तारी गरेको भन्दै लुम्बिनी ब्यूूरो अन्तर्गतका बिद्यालयहरु बन्दगर्ने जनाएको छ ।


माघ २४ गते शैक्षिक हड्तालको घोषणागरि नवलपुर, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलबस्तुका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न अपिल गरेको छ । संयोजक बिरेन्द्र बिकद्वारा प्रेस बिज्ञप्ति जारि गर्दै बन्दमा सहयोग गर्न अपिल गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।