१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

तानसेन । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दशैँको  रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा  गत वर्षदेखि तानसेन  वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्छन्। “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्छिन्, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।” 

Advertisement

ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए ।  घरपरिवार र अन्य आफन्त नभएका उनीहरू दशैँमा आश्रममै बस्ने बताउँछन् । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उनीहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उनीहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उनी परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुगेका हुन् । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उनी भन्छन् ।

दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुगे, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उनले भने, “क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगेँ। ” निको नहुञ्जेल घर नजाने उनले बताए । 

आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उनले भने, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।” रासस

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो