ताजा अपडेट »

ट्रयाक्टरबाट खसेर एकको मृत्यु

मंगलबार, ११ असोज २०७९, १२ : २८
26 Shares

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् । 

खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो । ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।