ताजा अपडेट »

अब पासवर्ड ह्याक भयाे भने 'गूगल क्राेम'ले सूचना दिन्छ !

विहीबार, २६ मंसिर २०७६, १४ : ५७
2 Shares

मंसिर २६,

काठमाडौं । 'गूगल क्रोम' ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ ।  

गूगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले ट्वीट गर्दै नयाँ विशेषताको बारेमा बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘यदि तपाईँको प्रयाेगकर्ता नाम र पासवर्ड कम्प्रोपाइज्ड (सहजै अनुमन गर्न सकिने) छ र तपाईँ कुनै बेवसाइटमा जाँदै हुनुहुन्छ भने गूगल क्रोमले तपाईँलाई आग्रह गर्नेछ । यसले प्रयोगकर्ताको अनलाइन सुरक्षामा मद्दत गर्नेछ ।’

https://twitter.com/sundarpichai/status/1204528522171076608?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1204528522171076608&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F29846%2F2019%2F12%2F12%2Fgoogle-chrome-password-protection-feature

कार्यकारी निर्देशक पिचाईका अनुसार 'रियल टाइम फिशिंग प्रोटेक्सन'मा पनि सुधार गरिदैँछ । कुनै द्वेषपूर्ण साइटमा जाँदा प्रयोगकर्ताले सूचना पाउनेछन् । 

क्रोम सेटिंगमा गएर 'सिंक अप्सन' छनोट गर्न सकिन्छ । यद्यपि यो विशेषता ती सबै प्रयोगकर्तालाई जारी गरिएको हो, जसले क्रोममा सेफ ब्राउजिंग प्रोटेक्सनअनुसार साइन इन गरेका छन् । 

गूगलले यो प्रविधिलाई सबैभन्दा पहिले पासवर्ड चेकअप एक्स्टेन्सन (पासवर्ड जाँच विस्तार) को रुपमा सुरु गरेको थियो । अब यही विशेषतालाई विस्तार गर्दै कम्पनीले यसलाई गूगल क्रोमको पासवर्ड प्रोटेक्सनको लागि पेस गरेको हो । -उज्यालोको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।