ताजा अपडेट »

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मंसिरमा हुने

सोमबार, १० असोज २०७९, २२ : ५३
4 Shares

काठमाडौं । मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुने छन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुनेछन् ।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव सुरु गरेको बताए।

उनले अबको जिम्मेवारी आफूहरूको नै रहेकोले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताए । आफू सामाजिक रूपमा तयार रहेको पनि आर्थिक रूपमा कठिनाइ रहेको उनको भनाइ छ ।

त्यस्तै, निर्देशक एवम् वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए । महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरूको साझा महोत्सवको रूपमा लिनुपर्ने उनको धारणा छ ।

यस वर्ष सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।